Saturday, November 17, 2018

कविता : माईतीको गीत

~सुष्मा श्रेष्ठ~

छ स्वर्ग कतै संसारमा भने त्यो माईती देशमै छ
छ सुख कतै संसारमा भने त्यो माईती देशमै छ
राजै त्यो माईती देशमै छ

दशैको टिका तिहारको भैली
त्यो माईती देशमै छ
मादलको तालमा मारुनी नाच
त्यो माईती देशमै छ
राजै त्यो माईती देशमै छ

सिरसिर हावा पहाडी खोला
त्यो माईती देशमै छ
धानका बाला झुलेको खेत
त्यो माईती देशमै छ
राजै त्यो माईती देशमै छ

बुद्धको शान्ति सीताको सत्व
त्यो माईती देशमै छ
संसार को शीर सगरमाथा
त्यो माईती देशमै छ
राजै त्यो माईती देशमै छ

बा मा को काख लाड र प्यार
त्यो माईति देशमै छ
म बाच्न सक्छु खुसिले जीवन
माईती को आशिश छ
राजै माईती को आशिश छ

छ स्वर्ग कतै संसार मा भने त्यो माईती देशमै छ
छ सुख कतै संसार मा भने त्यो माईती देशमै छ
राजै त्यो माईती देशमै छ्।

(नोवेम्बर १७, २०१८  मा आयोजित 'नाफा-साहित्य साँझ २०७' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा वाचन गरिएको सहभागी प्रतियोगी कविता)

No comments:

Post a Comment