Saturday, November 17, 2018

कविता : भासिएको समाज मासिएको चरित्र

~प्रदीप केसी~

भासिएको समाज मासिएको चरित्र
सूर्यचन्द्र बराबर, कूल फरक फरक
ब्राह्मण, क्षेत्री, वैश्य, शुद्र
लिच्छिवीकालिन, मल्लकाल, शाहकाल, प्रजात्रन्त्र
पञ्चायत, बहुदल, गणतन्त्र सम्मका
ठूटे मुटे अवशेषको राग
पृष्‍ठभूमी एउटै, नाता देशको
बिभिन्न तन्त्रबाट फैलिएका
भासिएको समाज मासिएको चरित्र
सूर्यचन्द्र बराबर, कूल फरक फरक ।

वासस्थानमा छुवाछुतको परीवेष
स्कूल, समाज, काला, गोरा, माईग्रेन्ट
सबै एकै थालो,
घर र समाजको बिरोधाभास चरित्रले
बाबुरो एता न उताको
कौवाको बच्चा जस्तो आमा देखे पछी क्वाक, क्वाक
कार्य केही देखिँदैन हिँडिरहेछ
भासिएको समाज मासिएको चरित्र
सूर्यचन्द्र बराबर, कूल फरक फरक ।

अभिजात वर्गले बनाएको उक्ती
गहिरोमा बस्नेलाई पहिरोको डर
डाँडामा बस्नेलाई के को डर
नेट र ईन्टरनेटको भिउअर्स ले
भटाभट, समाजका पर्खाल भत्काईरहेछन्
कुकर्म र सुकर्मका भागीहरुले पाएको पारीतोषिक दण्ड
सबै कुलका सहभागिहरुको समाचार बनिरहेछ
भासिएको समाज मासिएको चरित्र
सूर्यचन्द्र बराबर, कूल फरक फरक ।

पृथ्वीनारायण शाहले नेपाल एकिकरण गरे
एक मजबूत राज्यको जग निर्माण अभियान गरे
आज उनको मूर्ती फोडियो
राष्ट्रले राष्ट्र निर्माता वा एकिकरणकर्ता भनेर दिवस मनाईँदैन
भासिएको समाज मासिएको चरित्र
सूर्यचन्द्र बराबर, कूल फरक फरक ।

३० बर्ष प्रधानमन्त्री भेका भिमसेन थापा
अङ्ग्रेजसँग लँडाई लडेका
उनको मृत्‍यु जेलमा खुकुरीद्वारा सेरिएर नौ दिनमा गयो
उनको दाहसंस्कार भएन
सबै अङ्ग प्रत्यङ्ग चराचुरुङ्गिले भोजन गरे
भासिएको समाज मासिएको चरित्र
सूर्यचन्द्र बराबर, कूल फरक फरक ।

सद्धाम हुसेनको पातन अतिरञ्जित अभियोगमा भयो
एकै स्थान १५०० सैनिकको हत्या गरेर
आई यस आईले संसार तर्सायो
भासिएको समाज मासिएको चरित्र
सूर्यचन्द्र बराबर, कूल फरक फरक ।

(नोवेम्बर १७, २०१८  मा आयोजित 'नाफा-साहित्य साँझ २०७' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा वाचन गरिएको सहभागी प्रतियोगी कविता)

No comments:

Post a Comment