Saturday, March 24, 2018

कविता : अमेरिका

~नारायणदास मल्ल~


रंगमंच पो हो कि ?
मिहेनती कति छन् यहाँ कोही त फेरी
माग्ने पो हो कि ?
रितिरिवाज अनेक छन् सजिएकै छन्
मुर्दाका चिहान
काम गर्छन कति हो कति न रात छन्
न बिहान


भोक न भकारी शोक न शुर्ता
यस्तै रहेछ अमेरिका
खुसी छन् कि दुखि हुन् जनता
बुझी नसक्नु रहेछ अमेरिका
धनीका मात्र होला ठानेका थिए
गरिबहरूको पनि रहेछ अमेरिका
गोरा मात्र छन् भने ठान्थे
कालाहरूको पनि रहेछ अमेरिका

सभ्यताको चरम चूलि
असभ्यहरूको पनि रहेछ अमेरिका
मंगल ग्रहमा बस्ती बसाल्नेदेखि
फुटपाथमा कब्जा गर्ने रहेछ अमेरिका
सबैमा सहिष्णु राख्न सक्ने
उदार रहेछ अमेरिका
जिन्दगीमा एकपल्ट घुम्नै पर्ने
रहेछ अमेरिका

(मार्च २४, २०१८ का दिन राम-शुष्मा श्रेष्ठको निवासमा आयोजना भएको "१९ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको । )

No comments:

Post a Comment