Saturday, November 17, 2018

कविता : हराउँदै मायामा

~नारायणदास मल्ल~


तिमीसँग जस्तो आत्मियता त
कहाँ पाउनु र यहाँ
तर पनि हल्लो हाई भनेर
फिस्स हाँस्नेहरु पाईरहेछु
खै यस्तै रहेछ जिन्दगी
भित्री मनमा जे भए पनि
बाहिर भने रमाई रहेछु ।

तिमीसँग जस्तै कहाँ पाउनु र

घुम्न, काला गोरा गोरा काला
हरुका भिँडमा हराई रहेछु
तर पनी यो जिन्दगीलाई
यतै उतै गर्दै बसीबिंयालोमा
उमेरलाई थप माथि थप गराईरहेछु ।

तिमीसँग जस्तो छैन मनका
दु:ख सुख पोख्ने
कस्लाई सुन्ने फुर्सद छ र यहाँ
त्यसैले त फर्की हालुँ कि जस्तो लाग्छ
तिम्रो समिपमा त्यहाँ ।

तिमीसँग भेटौंला नि दोबाटोको चौतारीमा
फूल टिपी राखी राख
चढाउन देउरालीमा
बसी फेरी चौतारीका वर-पीपलको छाँयामा
गरौंला नि मीठा कुरा हराउँदै मायामा ।

(नोवेम्बर १७, २०१  मा आयोजित 'नाफा-साहित्य साँझ २०७' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा वाचन गरिएको सहभागी प्रतियोगी कविता)

No comments:

Post a Comment