Saturday, October 27, 2018

कविता : जित-हार

~पूर्ण श्रेष्ठ~

जब आफ्नैले जाई लाग्छ
आफूलाई पनि रीस उठ्छ, ज्वाला फुट्छ
दु:ख लाग्छ, डर लाग्छ
चिन्ता गरेर पो के हुन्छ र ?
चिसो पानीले नुहाएर या
वाथरुममा मुटु बजारेर पो के हुन्छ र ?

हार्नै पर्ने हुन्छ जब लडाईं
आफ्नैसँग हुन्छ
जित्नु त तव पर्छ
जन लडाईं आफैसँग हुन्छ ।

(अक्टोबर २७, २०१८ का दिन अबिमन-सृजना पसछेंको निवासमा आयोजना भएको "२३ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment