Sunday, July 29, 2018

कविता : रहर

~अर्चना धाख्वा~

ए मन तिमि सुनी सुनी नसुने झैँ नगर
मेरो स्वाभिमानको, निष्ठाको बीचमा नपर।
आँखा तिमि राम्रो देख, मनलाई एक्लै छाड
मीठो बोलि सुनी कर्ण नलेऊ बेग्लै आड।।


पाइला तिमि अघि बढ्दा दोबाटोमा नभुल
लक्ष्य ताकि सक्यौ भने, दोधारमा नझूल।
ए मन तिमि सुनी सुनी नसुने झैँ नगर 
दृढ छौ, अटल रहौ, संयममा राख रहर।।
ए मन तिमि सुनी सुनी नसुने झैँ नगर....  

 
 

(जुलाई २९, २०१८ का दिन हिमाल-कमला रेग्मीको निवासमा आयोजना भएको "२१ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको । )

No comments:

Post a Comment