Saturday, March 24, 2018

गजल : सुरु देखि नै


~विश्वजित अधिकारी~


आँखामा जब राखीयो रहर सुरु देखि नै
मधुरा बने मेरा नजर सुरु देखी नै ।

सब चिजको सुरुवात र अन्त्य एउटै हुँदैन
हिट्लर पनि थिएयन हिट्लर सुरु देखी नै ।
उसले बतासअलाई सराप्नु अघी यो सोंच्नु पर्ने
कमजोर हुन्छ वालुवाको घर सुरुदेखी नै ।

बिच सफरमा आएर तिमी अचानक भेटियौ
अब गर्नु छ मलाई सफर तिमीसँग सुरु देखी नै ।

अरु जस्तो बन्न खोज्दा म आफू बनिन
तिमी आफू जस्तो बन्न सक्भर सुरु देखी नै ।  । 

(मार्च २४, २०१८ का दिन राम-शुष्मा श्रेष्ठको निवासमा आयोजना भएको "१९ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment