Saturday, March 24, 2018

कविता : अमेरिका

~नारायणदास मल्ल~

अ - नेक थरीका छन् यहाँ शायद यो रङ्गमञ्च पो हो कि ?
मे - हनेती कती छन् यहाँ कोही त फेरी माग्ने पो हो कि ?
रि - ति-रिवाज अनेक छन् सजिएकै छन मूर्दाका चिहान
का - म गर्छन् कती हो कती न रात छन् न बिहान

भोक न भकारी शोक न सुर्ता
यस्तै रहेछ अमेरिका
खुशी हुन कि दुखी हुन जनता
बुझी नसक्नु रहेछ अमेरिका ।
धनीका मात्रा होला ठनेको थिएँ
गरिवहाँरुका पनि रहेछ अमेरिका
गोरा मात्र हुन् भनी ठान्थें
कालाहरुको पनि रहेछ अमेरिका ।

सभ्यताको चरमचूली
असभ्यहरुको पनि रहेछ अमेरिका
मङ्गल ग्रहमा बस्ती बसाल्ने देखी
फुट्पाथ कव्जा गर्ने पनि रहेछ अमेरिका ।

सबैमा सहिष्णुता राख्न सक्ने
उदार रहेछ अमेरिका
जिन्दगीमा एक पटक घुम्नै पर्ने
रहेछ अमेरिका ।     

(सेप्टेम्बर १६, २०१८ का दिन भरत-अर्चना द्वा को "आशियाना"मा आयोजना भएको "२२ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।) 

No comments:

Post a Comment