Saturday, November 18, 2017

कविता : गजब छ दुनियाँ

~सुष्मा श्रेष्ठ~

 गजब छ दुनियाँ, दुनियाँ गजब छ
होम रुद्री लगाउँदै पूजा गर्छौं
नाश होस् अरुको भनि आशिर्वाद माग्छौं
परेवालाई बलि चडाइ
सुख शान्तिको कामना गर्छौं 
बिष रोपेर अमृत टिप्ने
अहो !कति मिठो सपना देख्छौं .

चन्द्रमा पुग्ने मान्छेको अकल छ
तर खै किन हो बुझ्ने सकिन्न

दु:खको घडिमा आफन्तजन नै
अर्कै ग्रह झैं टाडा भाग्छन
अहो ! यो दुनियाँ कति गजब छ
बुझ्ने नसक्ने हिसाब जस्तो
पढ्ने नमिल्ने किताब जस्तो
गजब छ दुनियाँ, दुनियाँ गजब छ

आँखामा राख्दा बिझ्दै नबिझने
यै दुनियाँमा कति छन् कति छन्
आफु मिटाई अरुलाई दिने
यै दुनियाँमा मनको धनि छन्
तर आफुमात्र बाँचौँ अरु सबै मारुन
भन्ने पनि यहाँ धेरै छन्

अरुको प्रगति देख्ने नसक्ने
लुकेर सँधै खाल्टो खन्ने
यै दुनियाँमा कति छन् कति छन्
अँध्यारो पनि छ उज्यालो पनि छ
दुष्टमनलाइ छ तिरस्कार
ऋषिमनलाई मेरो नमस्कार



(नोवेम्बर १८, २०१७ मा आयोजित 'नाफा-साहित्य साँझ २०७४' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा वाचन गरिएको सहभागी प्रतियोगी कविता)

No comments:

Post a Comment