Saturday, November 18, 2017

कविता : यक्ष प्रश्न


~गंगा मल्ल श्रेष्ठ~

कमल फुल्छ हिलो मै , तर कसले हिलोको गुण गाउँछ ?
चेला चिनी बनाउने गुरु नै हो, तर गुरुको यहाँ के भाउ छ ?
साहु पोस्ने ग्राहकै हो, तर ग्राहकको यहाँ के मान छ ?
नेता चुन्ने जाननै हो, तर जनताको यहाँ के सम्मान छ ?

पालन पोषण गर्छन सदा सन्तानको उचित ?
तर ति बृद्ध मातापिता कहाँ छन् र पुजित ?

काम गर्ने कामदारै छन् हाकिम गफ लाउँछन्
मिहेनती र इमान्दारीहरुले कहाँ तक्मा पाउँछन् ?

प्रश्न मेरो धेरै थियो सोध्नु यो समाजमा
तर अगुवा नै भडुवा छन् सुनिन्छ समाचारमा
कुरो बुझ्नु, काम गर्नु, जो भित्री मनले मान्दछ
नबोले पनि मन भित्रको भगवान सबै जान्दछ .



(नोवेम्बर १८, २०१७ मा आयोजित 'नाफा-साहित्य साँझ २०७४' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा तेस्रो भएको प्रतियोगी कविता)

No comments:

Post a Comment