Saturday, November 18, 2017

कविता : म पनि धौता मान्दछु

~अविमन पसछें~


सुनको गजुर चाँदीको छाना
बासको लागि माग्दछ भने
म त्यो मन्दिर जाँदिन

नौलखा माला हिराको टीका
सज्नको लागि चाहिन्छ भने
म त्यो धौता मान्दिन

संख र घन्टीको ध्वनिमा
अन्तर्नाद दबाउने हो भने
म त्यो पूजा पूज्दीन

धुप र दियोको आगोमा
धर्म निभाउने हो भने
म त्यो आरती उतार्दीन

गेरुवा वस्त्र लाउँदैमा
मलाई नास्तिक नठान्
तिम्रो र मेरो धौतै भिन्न

धौताको खोजीमा
गल्ति भयो की चिन्न
धौता थियो तिम्रै आसन्न

साँचेको जल सुकेका ओठमा
छर्की गंगा बहाई  देउ
तिमी नै चारधाम बनिदेउ

शिरको फूल जलेको पाऊमा
बिछाई मलम लाईदेऊ
तिमी नै धौता बनिदेउ

(नोवेम्बर १८, २०१७ मा आयोजित 'नाफा-साहित्य साँझ २०७४' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा वाचन गरिएको सहभागी प्रतियोगी कविता)

No comments:

Post a Comment