Saturday, November 18, 2017

कविता : यो शहरको कथा

~धन मल्ल श्रेष्ठ~


म्याडिसनले भन्यो
क्यापिटल मै हुँ
साँझ रमाइलो गर्न मनलागे
स्टेट स्ट्रिट तिर आउनु
हिमालचुलीमा म:म: खाएर
मनोनाको डिलमा
एकक्षण बाँसुरी बजाउनु
मनोन तेरेसको छानामा
बेस्कन कम्मर हल्लाउनु ।

२.
भरोनाबाट भारतले भन्यो
के को स्टेट स्ट्रिट
के को मनोना टेरेस
वाइन बियर बनाएकै छु
भरोना तिरै आउनु
एकैक्षण भएपनि
मनको दु:ख भुलेर
भरोना तिरै रमाउनु ।

३.
संप्रेरीमा लुईंटेल गाउँ छ रे
सिटौला र पाण्डेहरु पनि त्यतै बस्छन रे
सन्प्रेरीतिर त मकैको जात्रा लाग्छ रे
सन्प्रेरीले भन्यो
भरोना न सरोना
प्लिज नेपाली सबै
मनोना तिरै सरन ।

४.
मिडिल्टनले भन्यो
टाढै पर्यो सन्प्रेरी
डाक्टर हामी सबै यतै छम्
मिडिल्टन तिरै घर किनम्
तर फुर्सदै छैन हामीलाई
कि घर कि अस्पताल
भेट्घाटै  छैन क्या फसाद ।

५.
राधाकृष्ण हाँसेको
मनोना नै ठिक्क छ
स्वादमा खाना खायो
दिनभरि भजन गायो
मनोनामा बसेर मनलाई भगवानमा लायो
जो जो मनोना सर्यो
उसले यो जीवन
भवसागर पार गर्यो ।

६.
कुरा सुनी यो सहरको
फिच्वर्ग हाँस्या हाँस्यै छ
देउसी भैलो खेलेर
फिच्वर्ग नाच्या नाचै छ
पहाड तराइ मिलेर
फिच्वर्ग कति जम्या छ
म्याडिसन, मिडिल्टन, मनोना
सन्प्रेरी र भरोना
एउतै छ जहाँ बसे पनि
हामि नेपालीको भावना ।।

(नोवेम्बर १८, २०१७  मा आयोजित 'नाफा-साहित्य साँझ २०७४'मा वाचन गरिएको अप्रतियोगी कविता)

No comments:

Post a Comment