Wednesday, November 8, 2017

अर्जुनध्वज खड्का का तीन मुक्तकहरु

~अर्जुनध्वज खड्का~
Arjun D Khadka


मन्थनले कालकूट अमृत बन्दैन
मुस्कानको महत्व भैंसीले गन्दैन
जुनी मनुष्यकै भएर नी क्यार्नु
अण्डाकार शिला को अमलेट बन्दैन !!



ज़िन्दगीको निधारमा चाउरी नै चाउरी,

अरूले चाटे मह आफ्नो खप्परा माउरी।
अभावमै भएपनी जोगाएको थे माया
ख़र्च गर्ने बेलामा कूलेलाम दौडी



पूर्पुरो नै फाटेको ,हे दैव !कस्तो देन
न त निंद्रा, न भोक, न मन मा चैन
एक्लै दौडीदा नी दोस्रो हुन्छु चिप्लेर
अनगिन्ती चिठ्ठा काटे सधैं "TryAgain"

1 comment: