Thursday, July 9, 2015

कविता : मलाई नेपाल जान मन्छ

~तिलकराम लुईटेल 


मलाई नेपाल फर्कन मन्छ,
त्यहाँको धुलो खाने मन्छ,
त्यहाँको धुवाँ खाने मन्छ,
त्यहाँको हिलोमा चिप्लेटी खेल्ने मन्छ,
मलाई नेपाल....

जहाँँ पायो त्यहीँबाट बाटो काट्न मन्छ,


गाडीको ट्वाँ ट्वाँ टुँ टुँ सुन्ने मन्छ,
मापासे गरेर गाडी चलाऊने मन्छ,
कहिले कहीं त मदिसे नै गरेर गाडी चलाऊने मन्छ,
मलाई नेपाल....

मलाई प्रचण्डको भाषण सुन्ने मन्छ,
सुशिल दा को पार्टी भित्रको दादागिरी हेर्ने मन्छ,
ओलिको बोली सुन्ने मन्छ,
बिजुक्छेको बिसारद हेर्ने मन्छ,
मलाई नेपाल....

सि.पि. लाई पार्टी फुटाउने सल्लाहा दिने मन्छ,
आर्.सि. लाई १८ पटक प्र.मन्त्रीको उमेद्द्वार बनाउने मन्छ,
आ.र्के. लाई धार्केमा बसोवास गराउने मन्छ,
माधवलाई २७ बाट चुनाव हारे पनि प्र.म. बनाउने मन्छ,
मलाई नेपाल....

नोट :
मदिसे = दिउसै मदिरा सेवन



No comments:

Post a Comment