Saturday, July 12, 2014

कविता : जिन्दगी

~सुष्मा श्रेष्ठ~

जिन्दगीको अर्को नाम संघर्ष
यही संघर्षहरु संग जुद्दा जुद्दै
युद्धमा हारेको घाईते सिपाही जस्तो ।

बेहोश भई लड्न खोज्छ यो जिन्दगी
ब्यथा बेदनाहरुले दुख्दा,
छट्पटाएर नुनिलो आँसुको पोखरीमा

डुब्न खोज्छ यो जिन्दगी ।


कहिले कहीं आँधीबेहेरीमा परेर
कहाली चिच्याई चिच्याई साहारा
माग्न पुग्छ यो जिन्दगी ।

(२०१औं भानु जयन्ती, जुलाई १२ २०१४ - आविष्कार-अप्सरा भारतीको डेरामा भएको 'नेपाली कोठे साहित्य कार्यक्रम')

No comments:

Post a Comment