Saturday, January 4, 2014

कविता : बुद्ध र म

~दिनार 'रनादी'~

बुद्ध र म
एकै  दिन एकै ठाँउमा जन्मियौं
अनित्य जानेर बुद्ध नित्यमा लागे
दु:ख चिनेर सिद्दार्थ बुद्ध भए
म अनित्यमा नित्य खोजी रहें
दु:ख मानेर म बुद्धु भएँ ।।


असी वर्ष बाँचेर
नफर्किने गरी बुद्ध गए
असी वर्ष मरेर
म फर्की फर्की आएँ
गौतम दु:ख जानेर बुद्ध भए
म दु:ख मानेर बुद्धु भएँ ।।

(२०१४ जनवरी – कोठे साहित्यिक भेट-घाट – भरत-अर्चना आशियाना )

No comments:

Post a Comment