Saturday, January 4, 2014

कविता : जिन्दगी

~राम श्रेष्ठ~

जिन्दगीको परिभाषा खोज्न मैले पटक पटक गुगल गरें
साथी भाइ अनि संगिनी सँग धेरै मन मुटाव गरें
कसैबाट सन्तोषजनक अर्थ पाउन नै सकिन
अनि
म आफैले आफूलाई फेरी प्रश्न गरें
कहिले एकान्तमा त कहिले मनिसहरुको भीडमा
अन्त्यमा

यसको परिभाषा नै रहेनछ,
जिन्दगी त हामी आफैमा रहेछ
अनि यसैलाई हामी ल्याउँछौं जीवनमा
मलाई लाग्छ जिन्दगी त प्राईम अंक पो रहेछ
जस्को तार्किक छ तर नियममा बाँध्न सकिन्न पो रहेछ
जिन्दगी जिउन पर्छ साथीभाइ अनि संगिनी हाँसो, खुशी अनि मायामा
यहाँ त केही पनि ग्यारेन्टी नै छैन साथी, जिन्दगी भोलिको दिन पनि आउँछ भनेर
यसैले साथी पायौ मौका भने गुमाउन नखोज
कोशिश गर्नु कसैको जिन्दगीलाई हँसाउन अनि खुशी ल्याउन साथीभाइ अनि संगिनी
किन नहोस् क्षणिक भरको लागि भए पनि
कसैलाई के थाहा यही नै हुन सक्छ अन्तिम मौका
त्यसैले साथी, जस्लाई खुशी अनि हाँसो दिइन्छ
उसैको याद आउँछ सधैंभरी , यही हो जिन्दगी !

धन्यवाद !!

(२०१४ जनवरी – कोठे साहित्यिक भेटघाट – भरत-अर्चना आशियाना )

No comments:

Post a Comment