Saturday, January 4, 2014

कविता : लाज हारे पछि

~अविमन पसछें~

आँखा चिम्ली
हुइकिंदै  आए
तरबारको बाटो छोडनै  पर्‍यो

 लाज  हारेपछि
नियम तोडनेले
जित्ने  नै  भयो
झुठो बोलेपछि
सिंग  न पुच्छर को

कुरा गर्ने नै भयो
बुझ  पचाए पछि
विवाद नगर्नुमा
नै  बुद्धिमानी  भयो
ताली  पाए पछि
पश्चिमेली  माइलीले
वस्त्रहरण गराउने नै भयो
स्वार्थले  तान्दा
लज्जाले उनेको समाज
भत्किने   नै  भयो
चोख्याउने  मन्त्रमा
ब्राह्मण र  पापी
दुवैलाई  फाइदा नै भयो
उल्टो हिंडे पछि
सत्य  युगको  यात्रा
कलि  युगमा पुग्ने नै   पुग्यो ।।

(२०१४ जनवरी – कोठे साहित्यिक भेट-घाट – भरत-अर्चना आशियाना )

No comments:

Post a Comment