Saturday, November 16, 2013

कविता : वसन्त

~कमला रेग्मी~

वसन्त तिमी महान छौ !
डाँडा पाखा रंगीचंगी भएर आउँछौ 
आकाशलाई सजाउँछौ, पहाडलाई जगाउँछौ 
भीर पाखामा फुल फुलाउँछौ, खोला नदीमा रमाउँछौ
आहा ! वसन्त तिमी कति महान छौ !


निदाएकालाई बिउझाउँछौ, विरक्तिएकालाई आल्हादीत गराउँछौ

अँधेरोबाट उज्यालो भराउँछौ, मरुभुमीमा हरियाली ल्याउँछौ 
चर्को किरणलाई शीतल बनाउँछौ, धमीलो पानीलाई संग्लो पार्दछौ
आहा ! वसन्त तिमी कति सुन्दर छौ !!

तिमी सधैं हाम्रा घर आँगनमा आइरहु, फूलहरु फुलाई रहु,
हरियालीलाई बढाई सधैंभरी सबैमा आनन्द फैलाई रहु
वसन्त तिमी सधैं आइरहु, आइरहु, आइरहु !!!


(नोवेम्बर १६,२०१३ मा आयोजित 'नाफा - साहित्य साँझ २०७०'मा रहेको प्रतियोगी कविता)

No comments:

Post a Comment