Saturday, July 14, 2007

कविता : राजा लाई अर्ती

~अविमन पसछें~

सून राजा मकन
दिन्छु तिमीलाई अर्ती
सूनी लिनु राम्ररी
हुनेछैन तिम्रो खति ।

लामखुट्टे बनि चुस्थ्यौ
देउताको खोल ओढी
अब चेत खुलाउनु
नत्र पर्लौ अझै अगति ।

द्वापर युगमा एक राम थियो
दश टाउके रावणलाई हराउन
यो युगमा जनतै सब हो
फुइँ नगर फु गरी ढाल्लान ।

संधै खान्थ्यौ
मागी बिर्ता नै सरि
कुंज्यो होला हात पाखुरा
खाओ अब केहि काम गरी ।

गाह्रो हुन्छ
घर चलाउन कमाई खर्च गर्नु
तेल चामलको हिसाब राखी ।

कुपुत्र भए पनि
छ तिम्रै गुनले भरिपुर्ण
सिक्या होला कतुर्त तिम्रै
बस्नु साबधान भैकन
रोगी नबन्नु
पीर र सुर्ता गिरकन
अपुताली नै त थियो
गएनी केहि घाटा भएन
निर्वस्त्र भैसक्यो
नबस निर्लज्ज भैकन
बनबास जाओ
बृद्ध अब जोगी बन
फेरी भन्छु , सून राजा मकन
दिन्छु तिमीलाई आज एउटा अर्ती

(२०६४ भानु जयन्तीमा वाचन गरिएको कविता)

No comments:

Post a Comment